प्रदेश २ मा जसपाका दुई मन्त्रीको राजीनामा, माओवादीबाट मन्त्री थपिँदै – Nepal Press

प्रदेश २ मा जसपाका दुई मन्त्रीको राजीनामा, माओवादीबाट मन्त्री थपिँदै

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् । दुवै मन्त्रीले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाइसकेको स्रोतले जनाएको छ ।

खाली भएको मन्त्रालय माओवादी केन्द्रले पाउने भएका छन् । माओवादी संसदीय दलका नेता भरत साह मन्त्री र सांसद रुबी कर्ण राज्यमन्त्री बन्दैछन् । साह महोत्तरी क्षेत्र १ (१)बाट निर्वाचित र कर्ण सप्तरीकी समानुपातिक सांसद हुन् । आजै दिउँसो ३ बजे शपथ ग्रहणको समय तोकिएको छ ।

‘हिजोसम्म कृषि र अर्थमन्त्रालयमध्ये कुनै एक मन्त्रालय दिने कुरा थियो’, माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साह भन्छन्, ‘तर आज आन्तरिक मामिला तथा सञ्चार मन्त्री दिने कुरा सुनेँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर