स्थायी कमिटी बैठकमा नेपाल पक्षका वार्ताकार पनि जाँदै, पाण्डे भन्छन्- हामी कुरा गर्छौं – Nepal Press

स्थायी कमिटी बैठकमा नेपाल पक्षका वार्ताकार पनि जाँदै, पाण्डे भन्छन्- हामी कुरा गर्छौं

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा वार्ता टोलीले सहमति जुटाएको १० बुँदे सम्झौतामाथि छलफल हुन लागेका बेला माधव नेपाल पक्षका नेताहरु पनि बैठकमा उपस्थित हुने भएका छन् ।

वार्ता टोलीमा रहेका नेपाल पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओली र महासचिव ईंश्वर पोखरेलसँग छलफल गर्न बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल जाँदैछन् ।

वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले आफूहरु अध्यक्षसँग कुरा गर्नका लागि बैठकस्थलमा जान लागेको बताए । कार्यदलले अध्यक्ष र महासचिवलाई आग्रह गरेर स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

माधव पक्षकै अर्का नेता भीम आचार्यले भने–बैठकमा हामी केही साथीहरु आउँछौ तर बैठक राख्नको लागि आग्रह गर्न आउछौं । आजकै बैठकमा हाम्रो औपचारिक सहभागिता भन्दा पनि कुरा गर्न आउने हो ।

माधव पक्षधर कार्यदल सदस्यहरुको आग्रहमै आज स्थायी कमिटी बैठक संसदीय दलको भन्दा अगाडि राखिएको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

आजको बैठकमा सहभागी भएर सहमतिको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिने नेताहरुले बताएका छन् । यसअघि स्थायी कमिटीको अनौपचारिक वैठकमा उपस्थित भएर माधव पक्षधर वार्ता टोली संयोजक भीम रावलले १० बुँदे सम्झौता बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर