सचिव बढुवाका लागि सहसचिव किरणराज शर्माको नाम सिफारिस – Nepal Press

सचिव बढुवाका लागि सहसचिव किरणराज शर्माको नाम सिफारिस

काठमाडौँ । नेपाल सरकारको बिशिष्ठ श्रेणी अर्थात सचिव बढुवाका लागि सहसचिव किरणराज शर्माको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवाका लागि शर्माका नाम सिफारिस गरेको हो ।

शर्माको यस अघि २ पटक बढुवाका लागि बढुवा सिफारिस समितिले सिफारिस गरिसकेको छ । एक सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस हुने गरेको भए पनि निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन सहसचिव र पाँचौँ पटक ज्येष्ठताबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको बढुवा समितिले जनाएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस शर्मालाई सचिवमा बढुवा गर्ने छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको प्रवक्ताको जिम्मेवारीमा समेत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर