एमाले संसदीय दलको बैठक भोलि, सरकार ढाल्न सघाउने २३ जनालाई पनि बोलाइयो – Nepal Press

एमाले संसदीय दलको बैठक भोलि, सरकार ढाल्न सघाउने २३ जनालाई पनि बोलाइयो

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार बोलाइएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *