पावर सेयरिङबारे पौडेल पक्ष आन्तरिक छलफलमा – Nepal Press

पावर सेयरिङबारे पौडेल पक्ष आन्तरिक छलफलमा

काठमाडौं । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दैछ । केहीबेरमा महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन र सरकारमा आफ्नो समूहको सहभागिताबारे छलफल हुने जनाइएको छ ।

‘महाधिवेशनको कुरा छँदैछ , पावर सेयरिङबारे पनि छलफल हुन्छ । कांग्रेसको नेतृत्वमा सरकार बने पनि आन्तरिक छलफल ठप्प रहेकोले हामी छलफलमा जुटेका हौं’, पौडेल पक्षका एक नेताले भने । पौडेल पक्षले देउवा सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागी सुनिश्चित हुनुपर्ने बताउँदै आएको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर