युवा संघले जलायो माधव नेपालको पुत्ला (तस्बिरहरू) – Nepal Press

युवा संघले जलायो माधव नेपालको पुत्ला (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय युवा संघले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएको छ ।

युवा संघका कार्यकर्ताले कोटेश्वर-बालकुमारीबीचको आकाशे पुलनजिकै नेता नेपालको पुत्ला दहन गरेको हो । आफ्नै पार्टीको सरकार ढाल्न विपक्षी गठबन्धनको बुई चढेको भन्दै सर्वोच्चको आदेशपछि नेपालसँग एमाले संस्थापन पक्ष रुष्ट बनेको छ ।

सर्वोच्चको फैसला आउनु अघिल्लो दिन एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

बालुवाटार छाडेर निजी निवास पुगेका ओलीले नेपालले एमालेविरुद्ध अपराध गरेकाले पार्टीमा ठाउँ नभएको उद्घोष गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर