नेपाली सेनाका सिपाहीद्वारा आफैंलाई गोली हानी आत्महत्या – Nepal Press

नेपाली सेनाका सिपाहीद्वारा आफैंलाई गोली हानी आत्महत्या

जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा एक सेना जवानले ड्यूटीमै रहेको बेला आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

रामेछापको लिखु गाउँपालिका ५ घर भएका सेना जवान २३ वर्षीय अमिर तामाङले आफैंलाई गोली हानेर प्राण त्यागेका हुन् ।

विहान ३ बजेदेखि ६ बजेको बीचमा ट्यूटीमै रहेका बेला आफैंले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै कन्चटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको शव अहिले घटनास्थलमै छ । रामेछापबाट परिवार आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनले आफैंलाई गोली हान्नुको कारण खुल्न सकेको छैन । अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *