फैसलाले राज्यका अंगहरूबीचको सन्तुलन खल्बलियो तर पालनामा स्पष्ट छौं : ओली – Nepal Press

फैसलाले राज्यका अंगहरूबीचको सन्तुलन खल्बलियो तर पालनामा स्पष्ट छौं : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । यद्यपि फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उनको भनाइ छ ।

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाले दलिय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न उठाए ।

उनले भने, ‘यो फैसलाको समयले अग्नीपरीक्षा लिँदै जानेछ । राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ । तर फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर