नेप्से : ४५ अंकले घटेको बजारमा १० अर्बको कारोबार

२०७८ असार २८ गते १५:२८

काठमाडौं । आज नेप्से परिसूचक ४५.०६ अंकले घट्दै २८५४.७७ विन्दुमा रोकिएको छ ।
आज २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर किनबेचमा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रूपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको सेयर कारोबार ४७ करोड रूपैयाँ बराबरको भएको छ ।
आज म्युचल फण्डबाहेक सबै उप-समूहको परिसूचक राताम्मे भएको छ ।
प्रतिक्रिया