तस्बिरमा विपक्षी गठबन्धनविरुद्ध युवा संघको मार्चपास – Nepal Press
तस्बिरमा विपक्षी गठबन्धनविरुद्ध युवा संघको मार्चपास
नेपाल प्रेस २०७८ असार २७ गते १७:३१
२०७८ असार २७ गते १७:३१

काठमाडौं । नेकपा एमालेनिकटको राष्ट्रिय युवा संघले विपक्षी गठबन्धनको गतिविधिविरुद्ध सडकमा मार्चपास गरेको छ ।

बानेश्वरदेखि माइतीघरसम्म गरिएको प्रदर्शनमा सहभागीले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको तस्बिर अंकित ब्यानर र प्लेकार्ड बोकेका थिए । सँगै नेपालको संविधान पनि बोकेका थिए ।

हिजो एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका एमाले कार्यदल सहमतिनजिक पुगेको भन्दै नेतृत्वले प्रदर्शन नगर्न भनेपछि पूर्वनिर्धारित मार्चपास अचानक स्थगित भएको थियो ।

निर्वाचनको पक्षमा मार्चपास गरिएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताए ।