वनकाली उद्यानमा गुर्जो रोपण – Nepal Press

वनकाली उद्यानमा गुर्जो रोपण

काठमाडौं । पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियानअन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० गुर्जोका बिरुवा रोपिएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको प्रवद्र्धनमा लाग्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटका नेतृत्वमा शुक्रबार गुर्जोका बिरुवा रोपिएको हो ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल, अभियानकर्मी राजलवटलगायतले गुर्जो रोपण गरेका थिए ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट नि:शुल्क वितरणको व्यवस्था मिलाएका थिए ।

विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उनले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आएका थिए । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर