लेनदेनको झगडामा घाइते पुरुषको उपचारका क्रममा मृत्यु – Nepal Press

लेनदेनको झगडामा घाइते पुरुषको उपचारका क्रममा मृत्यु

रूपन्देही । लेनदेनका विषयमा भएको झगडामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । प्युठानको नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घर भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने ४६ वर्षीय बागविर बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार साँझ नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घई भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने ३२ वर्षीय शरद थापा र बागविरबीच पैसाको लेनदेनको विषयलाई लिएर विवाद भएको थियो ।

विवादका क्रममा सरदले कुटपिट गरी बागविरलाई घाइते बनाएका थिए । घाइते बागविरलाई शुक्रबार राति उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याइएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रहरी प्रमुख मल्लले बागविरको मृत्युपश्चात कुटपिट गर्ने शरदलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर