कोरोनाविरुद्धको खोप माग्दै धनुषाका शिक्षक धर्नामा – Nepal Press

कोरोनाविरुद्धको खोप माग्दै धनुषाका शिक्षक धर्नामा

जनकपुरधाम । कोरोनाविरुद्धको खोप माग्दै धनुषाका शिक्षक धर्नामा बसेका छन् । नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाको आयोजनामा जनकपुरस्थित शिक्षा समन्वय कार्यालयअघि शिक्षकहरु धर्नामा बसेका हुन् ।

शुक्रबार बिहान १० बजेदेखि धर्नामा बसेका शिक्षकले अबिलम्ब कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने, स्वयंमसेविका र कर्मचारीको बढेको तलब कार्यान्वयन हुनुपर्ने र विगतमा भएको ३० बुँदै सम्झौता कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेका छन् ।

महासंघका अध्यक्ष रामस्नेही यादवले भने– सरकारले जहिल्यै शिक्षकमाथि विभेद गरिरहेको छ । अहिले वाध्य भएर धर्ना दिनुपरेको हो ।

उनका अनुसार सरकारले स्वयंमसेविका र कार्यालय सहयोगीसहितका कर्मचारीको तलब बृद्धि गरेपनि कार्यान्वयन भएको छैन । उनीहरुलाई संघीय सरकारले आठ हजार दिँदै आएको छ । बाँकी तलब स्थानीय तलहले दिने भनिएको छ । तर, स्थानीय सरकारले त्यसका लागि बजेट छुट्याएका छैनन् ।

पुराना शिक्षक ऐन संशोधन, तलब भत्ता र ग्रेडवृद्धि, दरबन्दी मिलानलगायतका विषयमा सरकारले विगतमा गरेको ३० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने शिक्षकहरुले बताएका छन् ।

माग पूरा नभए निरन्तर संघर्षका कार्यक्रम अघि बढाउने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर