क्रियाशील नटुंगिए महाधिवेशन प्रभावित हुनसक्छ : महामन्त्री कोइराला (भिडियो) – Nepal Press

क्रियाशील नटुंगिए महाधिवेशन प्रभावित हुनसक्छ : महामन्त्री कोइराला (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्धारित मितिमा महाधिवेशन हुनेमा शंका रहेको बताएका छन् ।

क्रियाशील सदस्यता छानविनमा भइरहेको ढिलाईले महाधिवेशन प्रभावित हुनसक्ने संकेत कोइरालाले गरेका हुन् ।

महामन्त्री कोइरालाले क्रियाशील विवाद टुंग्याउन आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताए । ‘यो महिनाभित्र क्रियाशील टुंगिएन भने गार्‍हो हुन्छ । धेरै जिल्लामा विधानविपरीत काम भएको छ । छानविन समितिले टुंग्याएन भने त्यसलाई पार्टीले हेर्छ । तर, विवाद कायमै रह्यो भने महाधिवेशनबारे प्रश्न त उठ्छ नि ?’, कोइरालाले भने ।

उनले क्रियाशील सदस्यताको टुंगो नलागेसम्म महाधिवेशन निश्चित नहुने दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर