उद्घाटन गरेको ५ महिनामै भत्कन थाल्यो राप्ती पुल – Nepal Press

उद्घाटन गरेको ५ महिनामै भत्कन थाल्यो राप्ती पुल

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच महिनाअघि उद्घाटन गरेको दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलमा बाढीले क्षति पुर्याएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बाढीका कारण पुलको एप्रोचमा क्षति पुगेको जानकारी दिए ।

पुलमा क्षति भएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ ।

लुम्बिनी प्रदेश राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा निर्मित सिसहनियाँ पुल जोड्ने हुलाकी मार्गको एप्रोच बाढीले भत्काएको हो । राप्तीको सिसहनिया र गढवाको महदेवालाई यो पुलले जोडेको छ । पुलको दक्षिणी साइड गढवामा क्षति पुगेको स्थानीय सुमन अधिकारीले जानकारी दिए ।

अनक निर्माण सेवाले २०७२–०७३ देखि निर्माण शुरु गरेकोमा सम्झौताको अवधि अगावै निर्माण पूरा गरेपछि कम्पनीले प्रशंसा बटुलेको थियो । पुल ८६० मिटर लम्बाई र साढे १० मिटर चौडाइको छ ।

सो पुलको गत माघ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर