रोजर फेडेरर विम्बल्डनको क्वाटरफाइनलबाटै बाहिरिए – Nepal Press

रोजर फेडेरर विम्बल्डनको क्वाटरफाइनलबाटै बाहिरिए

एजेन्सी । ग्रास कोर्टका बादशाहका रुपमा चिनिने रोजर फेडेररको नवौंपल्ट विम्बल्डन जित्ने योजनामा यो वर्षका लागि पूर्ण विराम लागेको छ । उनी पोलिस खेलाडी हुवर्ट हुर्काजसँग सोझो सेटमा स्तब्ध भए ।

यी स्वीस स्टारले ६–३, ७–६ र ६–० को सेटमा पराजित ब्यहोरेका हुन् । हुवर्टका लागि यो पहिलो ग्राण्डस्लाम सेमिफाइनल हो । २० पल्टका ग्राण्डस्लाम च्याम्पियनले अल इंग्ल्याण्ड क्लबमा कुनै पनि सेटमा एक अंक पनि जोड्न नसकेको यो पहिलोपल्ट थियो ।

१४ औं वरियताका हुवर्टले फाइनल प्रवेशका लागि सातौं वरियताका माट्टेओ बेरेटिनीसँग खेल्नेछन् । इटलीका बेरेट्टीनीले क्यानडाका फेलिक्स अगरलाई ३–१ को सेटमा पराजित गरी पहिलोपल्ट विम्बल्डनको सेमिफाइनलमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *