शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक कार्यान्वयनको प्रतिवद्धता गर्न प्रचण्डलाई पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र – Nepal Press

शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हक कार्यान्वयनको प्रतिवद्धता गर्न प्रचण्डलाई पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र

काठमाडौं । शिक्षा, रोजगारी र स्वास्थ्यको मौलिक हकलाई कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता गर्न पाँच विद्यार्थी संगठनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन् ।

आन्दोलनरत संयुक्त विद्यार्थी सांगठनका तर्फबाट रकारमा रहँदा वा नरहँदा शिक्षा, रोजगारी र स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउन बुधबार प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्।

‘नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस अनुसार संविधानतः कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ।’

संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट रन्जित तामाङ, सुदेश पराजुली, विमल पोखरेल, राजिव ढुंगाना र रूपनारायण श्रेष्ठले ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझ्दै प्रचण्डले विद्यार्थीहरुले परिस्थितिको सही मुल्याङ्कन गर्दा युवाहरुमा सही कुराको सम्प्रेषण हुने बताए । उनले केपी ओली र आफूहरु कुनै पनि कोणबाट उस्तै नभएको स्पष्ट गर्दै यसका लागि विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरुले प्रष्ट गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर