हैटीका राष्ट्रपति मोइजेको हत्या, गम्भिर घाइते फस्टलेडी अस्पताल भर्ना – Nepal Press

हैटीका राष्ट्रपति मोइजेको हत्या, गम्भिर घाइते फस्टलेडी अस्पताल भर्ना

हैटी । बन्दुकधारीले हैटीका राष्ट्रपति जोभेनेल मोइजेको हत्या गरेका छन् । निजी निवासमा बसिरहेका राष्ट्रपतिमाथि सशष्त्र आक्रमण हुँदा राष्ट्रपतिकी पत्नी घाइते भएकी छिन् ।

घाइते राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हैटीका अधिकारीहरुका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो ।

स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको अधिकारीले स्थानीय लोकलटेन न्यूजलाई बताए ।

प्रधानमन्त्री क्लाउडे जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गरेका छन् । मोइजे हैटीका ४२ औं राष्ट्रपति थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *