बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

२०७८ असार २३ गते १०:१४

कैलाली । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका-५ का ३१ वर्षीय राजबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
दुर्घटनामा २२ वर्षीय डम्बर चन्द घाइते भएका छन्।
ट्याक्टर चालक डडेल्धुराको परशुराम नगरपालिका–५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर