युरो २०२० र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गर्ने ८ जना पक्राउ – Nepal Press

युरो २०२० र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गर्ने ८ जना पक्राउ

काठमाडौं ।  हाल युरोप र दक्षिण अमेरिकामा जारी युरो-२०२० र कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलमा अनलाइनमार्फत् सट्टेबाजी गर्ने/गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखेर ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट मिति सोमबार खटिएको विशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका विभिन्न स्थान बाट अनलाइन बेटिङ गरी नगदी कारोबार गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरूलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइलसहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ गरेकालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको प्रहरील जानकारी दिएको छ ।

साथै त्यसरी विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आईएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *