रेष्टुरेन्ट र शैक्षिक संस्था अझै नखुल्ने, पूर्वनिर्धारित परीक्षाहरू सञ्चालनमा मापदण्ड – Nepal Press

रेष्टुरेन्ट र शैक्षिक संस्था अझै नखुल्ने, पूर्वनिर्धारित परीक्षाहरू सञ्चालनमा मापदण्ड

काठमाडौं । कोरोना महामारीको जोखिमका कारण गत वैशाख १६ देखि लागू गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा मंगलबारदेखि थप खुकुलो बनाइएको छ ।

भोलिसम्म लागू निषेधाज्ञा मंगलबारदेखि असार मसान्तसम्म थप गरिएको छ । सँगै अहिले लगाइएको जोरबिजोर प्रणाली हटाएर सबै खाले निजी तथा सार्वजनिक सवारी खुल्ला गरिएको छ ।

रेष्टुरेन्ट र शैक्षिक संस्था भने तत्काल नखुल्ने भएको छ । तर, पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पूर्णपालना गरी संचालन गर्न पाइनेछ । त्यस्तै होटल, रेष्टुरेन्टमा अनलाइन अर्डर, टेक-वे वा होम डेलिभरीको लागि साँझ ७ बजेसम्म मात्र संचालन गर्न पाइने काठमाडौं प्रशासनको आदेशमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर