राष्ट्रियसभा बैठकमा गृहमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने – Nepal Press

राष्ट्रियसभा बैठकमा गृहमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्दैछ ।

बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बैठक तय गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले समसामयिक विषयमा बोल्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ।

त्यस्तै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य रिक्तको जानकारी गराउनेछन् । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/७७’ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/७८ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

यसअघि असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर