अन्तर्राष्ट्रिय फुटबलबाट क्रुसले लिए सन्यास – Nepal Press

अन्तर्राष्ट्रिय फुटबलबाट क्रुसले लिए सन्यास

काठमाडौं । जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याासको घोषणा गरेका छन् । जारी युरो २०२० को अन्तिम १६ मा इङ्ल्यान्डसँग २–० गोलको नतिजामा पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतियोगिताबाट बाहिरिएसँगै रियाल मड्रिडका ३१ वर्षीय मिडफिल्डर क्रुसले सन्यासको घोषणा गरेका हुन् ।

सन् २००९ मा जर्मन टोलीबाट डेब्यू गरेका क्रुसले देशको प्रतिनिधित्व गर्दै १०६ खेल खेलेका छन् । उनले जर्मनीबाट १७ गोल गरेका छन् ।

सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा क्रुस टोलीका महत्वपूर्ण सदस्य थिए । बार्यन म्युनिखबाट व्यावसायिक फुटबल सुरु गरेका क्रुसले २००९ देखि २०१० सम्म बायर लेभरकुसेनमा लोनमा बिताएका थिए । २०१० देखि १०१४ सम्म बार्यनबाट १७९ खेल खेलेका क्रुसले २२ गोल गरेका थिए ।

२०१४ विश्वकपपछि रियाल गएका क्रुसले ३४५ खेलमा २२ गोल गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर