युएईद्वारा नेपाललाई यात्रा प्रतिबन्ध, पोर्चुगलले पनि प्रतिबन्धको अवधि थप्यो – Nepal Press

युएईद्वारा नेपाललाई यात्रा प्रतिबन्ध, पोर्चुगलले पनि प्रतिबन्धको अवधि थप्यो

काठमाडौं । संयुक्त अरब एमिरेट्सले नेपालसहित १३ मुलुकलाई हिजो बिहीबारदेखि लागु हुने गरि यात्रा प्रतिबन्धको घोषणा गरेको छ ।

कोभिड-१९ संक्रमणको उच्च जोखिम रहेका मुलुकका नागरिकलाई तत्काल यात्रा प्रतिबन्ध लगाइएको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, युरोपेली मुलुक पोर्चुगलले पनि नेपाल, ब्राजिल र दक्षिण अफ्रिकालाई लगाइएको यात्रा प्रतिबन्धमा विस्तार गरेको जनाएको छ । बेल्जियमले पनि गतसाता नेपाललाई यात्रा प्रतिबन्ध लगाएको छ ।

अमेरिका, बेलायत लगायतका मुलुकको यात्रा प्रतिबन्ध सूचीमा अहिले पनि नेपाल छ । नेपालमा पछिल्लो समय कोरोनाको संक्रामक प्रजाति डेल्टा फैलिएको भन्दै विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर