एमाले केन्द्रीय कमिटी बैठकमा भाग लिन वामदेव गौतम बालुवाटारमा – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठकमा भाग लिन वामदेव गौतम बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् ।

गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको बताएका छन् ।

२०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेको यसअघि एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताएका थिए ।

माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । २०७७ पुस ५ मा नेकपा विभाजन भएपछि एकता अभियान चलाउँदै आएका गौतम अहिले एमालेको दुवै पक्षमा छैनन् ।

उनले एमाले एकता अभियान गठन गरेका छन् । गौतम यसबीचमा संसदीय दलको बैठकमा भाग लिए पनि एमालेको केन्द्रीय कमिटी वा महाधिवेशन आयोजक कमिटी बैठकमा भाग लिएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर