राजनीतिक विवादमा न्यायपालिका हावी भयो : सुमनराज प्याकुरेल – Nepal Press

राजनीतिक विवादमा न्यायपालिका हावी भयो : सुमनराज प्याकुरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलले राजनीतिक समस्याको निकास अदालतबाट हुन नसक्ने जिकिर गरेका छन् ।

संसदीय दलको नेतासमेत रहेका प्याकुरेलले आजको राष्ट्रियसभा बैठकमा राजनीतिक विवादको निरुपण राजनीतिकरूपमै गर्नुपर्नेमा जोड दिए ।

‘अन्तबाट राजनीतिक समस्या समाधान गर्न खोजियो खोज्नुहुन्न । पछिल्लो समय न्यायपालिका हावी भएको छ ।’ कतिपय कानूनविद्ले संविधानको मुल मर्मविपरीत वकालत गरिरहेको भन्दै प्याकुरेलले ध्यानाकर्षण गराए ।

आगामी वर्षको बजेटको प्रशंसा गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर जनतामाझ जाने प्रधानमन्त्री ओलीको कदमको बचाउ गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर