एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस – Nepal Press

एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं । नेपाल सरकारको बिशिष्ट श्रेणी अर्थात सचिवकाे एक रिक्त पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा ३ जनाको नाम सिफारिस गरेको हो ।

सचिव बढुवाका लागि सिफारिस हुनेमा सहसचिव गणेशप्रसाद पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुष्कर रहेकाे बढुवा समितिले जनाएकाे छ । पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालमा प्रवक्ताको जिम्मेवारीमा छन् भने पुष्कर कोभिड-संकट व्यवस्थापन केन्द्रको बोर्ड सदस्य एवम् प्रवक्ताको जिम्मेवारीमा छन् ।

अब बस्ने मन्त्रिपरिषद् वैठकले ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा  गर्नेछ । पाण्डेको नाम यसअघि डा. मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो । त्यसैले उनकाे दावेदारी बलियाे छ ।  बुर्लाकोटी र पुष्करको नाम भने पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

यसअघि दुईपटक बसेकाे बढुवा समितिको बैठकले प्रशासनतर्फ एकजना सचिवका लागि डा. दामोदर रेग्मीको मात्रै र प्राविधिकतर्फ दुईजनाको बढुवाका लागि ६ जनाको नाम सिफारिस गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले ३ सचिवको नाम एकैपटक पारित गर्नेछ ।

रक्षासचिव पाण्डे  बुधबारदेखि अनिवार्य अवकाशमा

यसैविच बुधबार नै रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले निजामती सेवाबाट अनिवार्य अवकाश पाएका छन् । नेपाल सरकारका विभिन्न निकायमा ३९ वर्ष सेवा गरेका सचिव पाण्डेलाई बुधवार रक्षा मन्त्रालयबाट बिदाई गरिएको छ। उनले अवकाश पाएसँगै रक्षा मन्त्रालय सचिवविहिन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर