रुपाविरुद्ध सरस्वती प्रधानको उजुरी : मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन् गरेको आरोप (भिडियाे) – Nepal Press

रुपाविरुद्ध सरस्वती प्रधानको उजुरी : मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन् गरेको आरोप (भिडियाे)

काठमाडौं । दलित युवतीलाई घरमा कोठा नदिएको आरोपमा ३ दिन हिरासतमा बसेर निस्केकी घरबेटी सरस्वती प्रधानले मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । सञ्चारकर्मी रुपा सुनारले आफ्नो मञ्जुरी बिना फोन रेकर्ड गरी व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको उनको आरोप छ ।

उजुरीमा सरस्वतीले आपराधिक नियतका साथ रुपाले आवश्यकताविना नै कोठा खोज्न आएर बहानावाजी गरेको दावी समेत गरेकी छन् ।

उनको उजुरीमा भनिएको छ, ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ ।’

दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसक्दा रुपाले नै जातको कुरा निकालेको सरस्वतीले बताएकी छन् । साथै उनी आफ्नो आमालाई देखाउनुपर्छ भनेर हिँडेको सरस्वतीको भनाइ छ ।

सरस्वतीले रुपासहित उनीसँग आएका दुई साथीहरुलाई पनि कारवाहीको माग गरेकी छन् । आफूबाट जातीय छुवाछुतको कुनै व्यवहार नभएको पनि उनको दावी छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर