समाजिक सञ्जालमा चिठ्ठाको प्रलोभन देखाएर ठगी धन्दा, व्यक्तिगत विवरण नदिन नेपाल बैंकर्स संघको आग्रह – Nepal Press

समाजिक सञ्जालमा चिठ्ठाको प्रलोभन देखाएर ठगी धन्दा, व्यक्तिगत विवरण नदिन नेपाल बैंकर्स संघको आग्रह

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा अनाधिकृत व्यक्तिले चिठ्ठा परेको भ्रामक सन्देश प्रवाह गरी बैंक एकाउन्ट तथा व्यक्तिगत विवरण मागेर ठगी गर्ने काम भइरहेका नेपाल बंकर्स संघले जनाएको छ ।

अनाधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकसँग चिठ्ठा परेको र रकम पठाउनका लागि खाता नम्बर, मोवाइल नम्बर, ओटीपी पासवर्ड जस्ता व्यक्तिगत वितवरण माग गरि रकामान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेकाले सहजगता अपनाउन संघले आग्रह गरेको छ ।

साथै, आफ्नो व्यक्तिगत विवरणहरु कुनै पनि व्यक्तिसँग आदान(प्रदान नगर्न तथा कुनै शंकास्पद फोन कल वा करोबार भएको शंका लागेमा सम्वन्धित बैंकको शाखामा सम्पर्क गर्न समेत नेपाल बैकर्स संघले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर