रक्सी खान पैसा मागेको निहुँमा आफ्नै श्रीमान् मार्ने श्रीमतीसहित छोरा पक्राउ – Nepal Press

रक्सी खान पैसा मागेको निहुँमा आफ्नै श्रीमान् मार्ने श्रीमतीसहित छोरा पक्राउ

काठमाडौं । बर्दीयामा रक्सी खान पैसा मागेको निहुँमा आफ्नै श्रीमान् मार्ने श्रीमतीसहित १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मधुवन-४ बादरभरिया बस्ने ३८ सीता थारु र आकाश थारु रहेका छन् ।

१४ असार साँझ ६ बजे लक्षिरामले रक्सी खानको लागि सीतासँग सय रुपैयाँ मागेका थिए । त्यही क्रममा सीता र छोरा आकाशसँग उनको झगडा हुँदा लक्षुरामको हत्या भएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

अहिले उनीहरूलाई नियन्त्रणमा लिइ कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि ५ दिन म्याद थपिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर