जेभियर इन्टरनेशनल कलेजलाई वर्ल्ड लिडर समिट अवार्ड – Nepal Press

जेभियर इन्टरनेशनल कलेजलाई वर्ल्ड लिडर समिट अवार्ड

काठमाडौं । कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ ।

शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो ।

निरन्तर शैक्षिक गुणस्तर र उत्कृष्ट पुर्वाधार सहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको कलेजका सिईओ लोकबहादुर भण्डारीले बताए ।

इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन) नामक संस्थाले विश्वभरीबाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ । यो कलेज यस अघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको थियो ।


प्रतिक्रिया

One thought on “जेभियर इन्टरनेशनल कलेजलाई वर्ल्ड लिडर समिट अवार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *