आपूर्ती व्यवस्थापन केन्द्र स्थापना गर्न सामाजिक समितिकाे निर्देशन – Nepal Press

आपूर्ती व्यवस्थापन केन्द्र स्थापना गर्न सामाजिक समितिकाे निर्देशन

सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले सरकारलाई तत्काल प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र स्थापना गर्न निर्देशन दिएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलगायतका कर्मचारीहरुलाई आज बैठकमा बोलाएर समितिले सरकारलाई एकद्वार नीतिबाट कर्णालीमा आवश्यक पर्ने सामग्री खरिदका लागि आपूर्ती व्यवस्थापन केन्द्र स्थापना गर्न निर्देशन दिएको हो ।

समिति सभापति देवी ओलीले भनिन्– शिक्षा, स्वास्थ्य र सीप विकासलाई एकै स्थानमा गाभेर मानव संशाधन केन्द्र बनाइएको र उक्त केन्द्रले जनशक्तिलाई तालिमको व्यवस्थापन गर्न नसकेको पाइएको छ । कम्तिमा प्रदेशस्तरमा तीनै क्षेत्रका लागि अलग अलग तालिम केन्द्र स्थापना गर्नका लागि पनि निर्देशन दिएका छौं ।

उनका अनुसार वादी समूदायसँग गरिएको सम्झौता कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिइएको छ । समितिमा सचिव राजेन्द्र पौडेलले भने– राउटे समूदायका लागि शिक्षा स्वास्थ्य र सुरक्षातर्फ लगानी केन्द्रित गर्न पनि सरकारलाई निर्देशन दिएका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर