फोनपेको ‘रिफर एण्ड अर्न’अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने – Nepal Press

फोनपेको ‘रिफर एण्ड अर्न’अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने

काठमाडौं । फोन पे ले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘ फोन पे अफर एप ’ मा भएको युनिक रिफरल कोड प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढि रिफर गर्नेले १००० प्राप्त गर्न सकिन्छ ।

२०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले १० हजार प्राप्त गर्न सक्ने छन्। यस योजनाको बम्पर उपहारमा तीन जना भन्दा बढिलाई रिफर गर्ने मध्येबाट गोला प्रथा मार्फत १ लाख जित्न सक्ने छन् ।

अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गरि लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ समेत जित्न सक्ने कम्पनीले जनाएको छ ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक १००० र साप्ताहिक रूपमा२००० जित्न सक्ने जनाइएको छ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटबारे जानकारी पाउन सकिन्छ ।

फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक हो ।

फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदानगर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर