सुर्खेत कांग्रेस सभापतिमा रेग्मी र विसीको दावी, क्षेत्रीय सभापतिमा धेरैमा रुचि – Nepal Press

सुर्खेत कांग्रेस सभापतिमा रेग्मी र विसीको दावी, क्षेत्रीय सभापतिमा धेरैमा रुचि

सुर्खेत । महाधिवेशन नजिकिएसँगै जिल्ला तथा निर्वाचन क्षेत्रको नेतृत्व आफ्नो पक्षमा पार्न नेपाली कांग्रेसका दुवै पक्ष लागिपरेका छन् । सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानी समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा छ । भावी जिल्ला सभापतिका लागि पक्षका कमलराज रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् । उनी अहिले पनि सुर्खेतका सभापति हुन् ।

खड्का पक्षबाट भने धेरैजनाको सभापतिमा दाबेदारी छ । त्यसमध्ये अहिले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री समेत रहेका यज्ञबहादुर विसीको नाम सबैभन्दा बढी चर्चामा छ ।

विसीले उम्मेदवारी नदिए निरन्जन केसी, टोपबहादुर रावत, श्याम भारती र झकबहादुर डाँगीले सभापतिमा दावी गर्ने बताइरहेका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा थानी समूहबाट क्षेत्र नम्बर एकमा अनन्तराज पौडेल र दुईमा नारायण कोइरालाले क्षेत्रीय सभापतिको दावी गरिरहेका छन् ।

खड्का समूहबाट भने निर्वाचन क्षेत्र नम्बर एकमा अहिलेका सभापति खड्क पोखरेलले नदोहोर्याए गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुन दावेदार र क्षेत्र नम्बर दुईमा लालवीर भण्डारीले सभापतिका लागि लबिङ गरिरहेका छन् । त्यस्तै कृपा थापा, कर्णबहादुर बुढा र तेजबहादुर बस्नेतको नाम पनि क्षेत्रीय सभापतिको चर्चामा छ ।

केन्द्रीय समितिमा भने महान्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य हृदयराम थानी र पूर्वकेन्द्रीय सदस्य शीवराज जोशी भीड्ने निश्चित जस्तै छ ।

यद्यपि सुर्खेतमा अहिलेसम्म क्रियाशील सदस्यको टुंगो लागिनसकेको बताउँछन् तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ट । क्रियाशील सदस्या टुंग्याउन बाँकी भए पनि क्षेत्रीय र जिल्ला सभापतिका लागि उम्मेदवार छनोटबारे छलफल भइरहेको क्षेत्रीय सदस्य ललित भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर