कोपा अमेरिका: चिलीसँग बोलिभिया पराजित – Nepal Press

कोपा अमेरिका: चिलीसँग बोलिभिया पराजित

काठमाडौं । बेन ब्रेरेटोनको निर्णायक गोलप्रेरित चिलीले कोपा अमेरिकामा शुक्रबार राति बोलिभियालाई १-० को नतिजामा पराजित गरेको छ । ब्राजिलको एरिना पान्तानालमा भएको खेलको १०औं मिनेटमा ब्रेरेटोनले गरेको गोलसँगै चिलीले अग्रता लिएको थियो ।

सुरुआती १० मिनेटसम्म ९० प्रतिशत बल पोसेसनमा प्रभुत्व जमाएको चिलीका एडुवार्डो भरगासको पासमा ब्रेरेटोनले गोल गरेका थिए । उक्त गोलसँगै १-० ले पछि परेको बोलिभियाले तीन पटक गोलपोस्टमा प्रहार गरे पनि सफल हुन सकेन ।

जारी प्रतियोगिताको समूह ‘बी’ मा चिलीको यो पहिलो जित हो । पहिलो खेलमा चिली अर्जेन्टिनासँग १-१ गोलको बराबरीमा रोकिएको थियो भने बोलिभिया पाराग्वेसँग ३-१ गोलको नतिजामा पराजित भएको थियो ।

दुई समूहबाट उत्कृष्ट चार टोली क्वार्टरफाइनलमा पुग्ने छन् । यद्यपि, सुरुआती दुई खेलमा अंकविहीन बनेको बोलिभियाको नकआउट प्रवेश सम्भावना कठिन देखिएको छ । बोलिभियाले अर्को खेलमा शुक्रबार उरुग्वेसँग खेल्ने छ ।

यस्तै, चिलीले मंगलबार उरुग्वेसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर