राष्ट्रपति र प्रधानमन्त्री मिलेर राज्यका सबै अंग कब्जा गर्न खोजेको पुष्पलाल मित्रता केन्द्रको ठहर – Nepal Press

राष्ट्रपति र प्रधानमन्त्री मिलेर राज्यका सबै अंग कब्जा गर्न खोजेको पुष्पलाल मित्रता केन्द्रको ठहर

काठमाडौं । पुष्पलाल मित्रता केन्द्रले नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गरेर दक्षिणपन्थले टाउको उठाइरहेको भन्दै कम्युनिस्ट आन्दोलनको एकताको लागि आह्वान गरेको छ । केन्द्रीय समितिको बैठकले प्रस्ताव पारित गर्दै दक्षिणपन्थबाट जोगाएर पार्टी एकतामा जुट्न आग्रह गरेको हो ।

केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाको अध्यक्षतामा भर्चुअल रूपमा बसेको बैठकले केपी ओलीले पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्दै लोकतन्त्र,संविधान र राजनीतिक प्रणाली नै धरापमा पारेको आरोप लगाएको छ ।

माधव नेपाल पक्षधर नेताहरू रहेको सो संस्थाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संवैधानिक निकाय कब्जा गर्ने प्रयास भइरहेको टिप्पणी समेत गरेको छ । बैठकले काम चलाउ सरकारले बजेट वक्तव्यमार्फत व्यापार घाटा कम गर्ने नाममा नेपालको चुरे क्षेत्रको उत्खनन गरी निकासी गर्ने कार्यले नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्न खोजेको ठहर गरेको छ ।

केन्द्रले नेपालमो वैदेशिक हस्तक्षेप बढेको भन्दै हालै पाँच पूर्व प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गरी वैदेशिक हस्तक्षेपका विरुद्ध आवाज उठाउँदै आसन्न संकटलाई संकेत गरेको जनाएको छ ।

केन्द्रका अध्यक्ष खतिवडाले नेकपा फुटाउने र एमाले एकता हुन नदिने पनि मुख्य बाधक केपी ओली नै रहेको ठहर बैठकले गरेको बताए । असमान ढंगले हुने एमाले एकता दीर्घकालीन रूपमा अघि बढ्ने बैठकले गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर