जीवन विकास लघुवित्तको आईपीओ असार ११ देखि खुल्ला – Nepal Press

जीवन विकास लघुवित्तको आईपीओ असार ११ देखि खुल्ला

काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । असार ११ गतेदेखि आईपीओ बिक्री खुल्ला गरिने  कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजारको आईपीओ निष्कासन गर्न लागेको छ । त्यस्तै ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न सकिने बताइएको छ ।

आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म बिक्रीमा राखिनेछ । बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर