महन्थले भने- उपेन्द्रले डाकेको बैठक अवैधानिक हो, कुनै पनि निर्णय मान्य हुँदैनन् – Nepal Press

महन्थले भने- उपेन्द्रले डाकेको बैठक अवैधानिक हो, कुनै पनि निर्णय मान्य हुँदैनन्

काठमाडौं । औपचारिक विभाजन हुन बाँकी रहेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक पुनः विवादमा परेको छ ।

दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भन्दै अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीको बैठक नबोलाइएको बताएका छन् ।

ठाकुरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै उपेन्द यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णयहरु अमान्य हुने भनेका छन् ।

ठाकुरले अनाधिकृत बैठकमा सहभागी नहुन सदस्य र पदाधिकारीहरुलाई आह्वान गरेका गरेका छन् । यादवले बुधबार केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका छन् । जसपाको आधिकारिकता विवाद निर्वाचनमा आयोगमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर