स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक – Nepal Press

स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक

काठमाडौँ । सरकारले स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक गरेको छ । स्थानीय तहले तयार गर्ने विपद्‌ जोखिम न्यूनीकरण रणनीतिक कार्य योजनाको ढाँचामा एकरूपता कायम गर्ने उद्देश्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिग्दर्शन तयार गरेको हो ।

स्थानीय तहमा विकास निर्माण प्रक्रिया र सेवा प्रवाहमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलन कार्यलाई एकीकृत गर्न सहयोग गर्नु, स्थानीय तहमा विपद् जोखिम कम गर्न र विपद्‌ एवम् जलवायु उत्थानशीलता अभिवृद्धि गर्न सहयोग गर्नु, राष्ट्रिय तथा प्रादेशिक विपद्‌ जोखिम न्यूनीकरण रणनीतिक कार्य योजनाको लक्ष्य प्राप्त गर्न सहयोग पुर्‍याउनु र विपद् जोखिम न्यूनीकरणमा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न मद्दत गर्नु दिग्दर्शनको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर