कविता : हामी बौलौं – Nepal Press

कविता : हामी बौलौं

गर्ने इच्छा भएदेखि आँखा खोलिदेऊ
एकताको स्वर मिलाइ अब बोलिदेऊ
गालीगलौज यति धेरै गर्न छाडिदेऊ
सबैको मन खुशी हुने बोली बोलिदेऊ

कुरा घोच्ने मन घोच्ने कसले जित्या छ ?
आज भन्यो भोलि भन्यो सबले जित्याछ
परीक्षाका केन्द्रहरू सबै खाली छन्
जाँच दिन चाहनेलाई छिर्न जाली छन्

कति समय खेर गए अब दिनु हुन्न
हिँड्ने बाटो गलत भए दोहोर्‍याउनु हुन्न
धमिरोले खाइसक्यो कति दिन टिक्ने
आफ्नै घरको चिज रोजौं कति दिन बिक्ने ?


प्रतिक्रिया

4 thoughts on “कविता : हामी बौलौं

  1. धेरै राम्रो ! एस्तै एस्तै मिठा कविता हरु सुन्न र पढ्न पाउ !

  2. आफ्नै घरको चिज रोजौ ……….दाहाल सरको कवि मन र देश प्रतिको अबस्थामा कलम पनि आँसु नै आसुले भिज्यो जस्तो लाग्छ । बासको निगालो मा मेरो हजुरबुबा देश खोज्नु हुन्थ्यो मैले चिन र भारतमा निर्मित कलम रोज्ने बिबसता पाए । धैर्य गरे देश @भनेको मन र पहिचान रहेछ ।पृथ्वी गोलो छ । म जहाँ हुन्छु जन्मेको माटाे नै मेरो देश रहेछ ।

    1. र्य गरे देश @भनेको मन र पहिचान रहेछ
      Thank you shankar ji

Leave a Reply

Your email address will not be published. Required fields are marked *