घरको ‘कुलदेवता’ विवादमा भाईकै हत्या – Nepal Press

घरको ‘कुलदेवता’ विवादमा भाईकै हत्या

जनकपुरधाम । घरको ‘कुलदेउता’ को विषयलाई लिएर भएको विवादमा महोत्तरीमा एक व्यक्तिले सहोदर भाइको हत्या गरेका छन् ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहले कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन् । जेठ २६ मा रामचन्द्र र उनका परिवारका सदस्यहरु मिलेर लक्ष्मणलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

स्थानीयले उनलाई तत्कालै उपचारका लागि जनकपुर ल्याएका थिए । तर जनकपुरमा उपचार सम्भव भएन । सोही दिन हेलिकप्टरबाट काठमाडौं लगिएको उनको शुक्रवार मृत्युभयो । उनको शव गाउँमा ल्याउँदा स्थानीयको भीड उर्लिएको छ ।

महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले घटनामा अनुसन्धान सुरु गरेको र संलग्नहरुको खोजी पनि गरिरहेको बताए । उनले भने, ‘घर छाडेरै सबै फरार भएका छन् । हामी खोजिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर