पदभार ग्रहण गर्दै गृहमन्त्रीले भनेः भ्रष्टाचारको गन्ध पनि सहन्न – Nepal Press

पदभार ग्रहण गर्दै गृहमन्त्रीले भनेः भ्रष्टाचारको गन्ध पनि सहन्न

काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा र कानून कार्यान्वयनमा अब्बल देखिनेगरी काम गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा पदभार ग्रहणपछि गृहमन्त्रालयका अधिकारीहरुसँगको परिचयात्मक बैठकमा उनले गृह मन्त्रालय मातहतका निकाय पारदर्शी रुपमा काम गर्नुपर्ने बताए । गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने उनको चेतावनी छ ।

मन्त्री अधिकारीले भने, ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँकतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्परमाइज हुँदैन ।’

विकासमा तिव्रता र सुशासनको खाँचो भएकोले जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन उनलेउ निर्देशन दिए । मन्त्री अधिकारीको पदवहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

One thought on “पदभार ग्रहण गर्दै गृहमन्त्रीले भनेः भ्रष्टाचारको गन्ध पनि सहन्न

  1. बधाई तथा सफल कार्यकालको शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर