धादिङमा एकै दिन २ सय १७ जना कोरोना संक्रमणमुक्त भए – Nepal Press

धादिङमा एकै दिन २ सय १७ जना कोरोना संक्रमणमुक्त भए

धादिङ । धादिङमा थप २ सय १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा जिल्लाभित्र र बाहिर रहेका २ सय १७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएसंगै जिल्लामा संक्रमणमुक्त हुनेको सख्या ३ हजार ७ सय ९० पुगेको छ । निको हुनेको संख्या बढ्दै गईरहेको बेला आइतबार जिल्लामा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा जिल्लाको ज्वालामुखीका ४५, सिद्धलेकका १७, गंगाजमुनाका ११, धादिङ अस्पतालमा १० जनामा सक्रमण पुष्टि भएको हो । यस्तै धुनीबेशी, बेनिघाटा, र रुवीभ्यालीका २–२ जनामा संक्रमण भएको छ भने नीलकण्ठ, गजुरी र थाक्रेमा १–१ जना, जना गरी जिल्ला भित्र ९६ जना र जिल्ला बाहिर ७ जना गरेर १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमध्ये ८५ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने ११ जनामा एन्टिजिन किट परिक्षणमा कोरोना देखिएको कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ६१

यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ६१ पुगेको छ भने जसमध्ये १ हजार २ सय ९ जना जिल्ला भित्र र १ सय ५२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसन सेन्टरमा रहेका छन् । यससँगै जिल्लाभर अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ८ सय ७५ पुगेको छ ।

आइतबार जिल्ला भित्रका अस्पताल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा १ हजार १ सय ७४ जना रहेका छन् भने जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २९ र होम आइसोलेसनमा १ सय २३ जना रहेको जनाइएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुग्याे

आइतबार सिद्धलेक गाउँपालिकाका ४५ वर्षका महिलाको मृत्यु भएसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार नीलकण्ठमा ८८ र गजुरीमा ३ गरी ९१ जनाको स्वाब संकलन भएको छ भने २७ जनाको एन्टिजेन परिक्षण भएको छ । हाल जिल्लाभरका १ सय ५७ जनाको नतिजा आउन बाँकी रहेको पनि स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

९९ वर्षका जेष्ठ नागरिकले पनि कोरोना जिते
यसैविच धादिङका एक ९९ वर्षका जेष्ठ नागरिक महिलाले पनि कोरोना जितेका छन् । जिल्लाको नेत्रावती डबजङ गाउँपालिका–३ टिकाढुङका ९९ वर्षका रामसिंह तामाङले कोरोना जितेका हुन् । संक्रमण भएको १२ औं दिनमा कोरोना जितेर शुक्रबार तामाङ त्रिशूली अस्पतालबाट डिस्चार्ज भएको पारिवारिक स्रोतले जनाएको छ ।

तामाङसंगै उनका नातिनी लिला पाख्रीनमा समेत कोरोना संक्रमण देखिएको थियो । उनै संक्रमित नातिनीले अस्पतालमा बसेर हजुरबुवा तामाङको हेरचाह गर्दै आएकी थिइन । दोस्रो विश्वयुद्धमा बहादुरीका साथ युद्ध लडेका तामाङ आत्मविश्वासकै कारण कोरोना जित्न सफल भएको नेत्रावती डबजङ गाउँपालिका–३ का वडाध्यक्ष बिजय पाख्रीनले वताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *