कांग्रेसबाट सहभागी कर्णालीका दुई मन्त्रीले लिए सपथ – Nepal Press

कांग्रेसबाट सहभागी कर्णालीका दुई मन्त्रीले लिए सपथ

काठमाडौं । कर्णालीमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।

उनीहरू दुवैजना नेपाली कांग्रेसबाट सहभागी भएका हुन् । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर