उज्ववल थापाको कोरोना रिपोर्ट नेगेटिभ, तर स्वास्थ्य अवस्था जटिल – Nepal Press

उज्ववल थापाको कोरोना रिपोर्ट नेगेटिभ, तर स्वास्थ्य अवस्था जटिल

काठमाडौं । कोरोना संक्रमित भएर भेन्टिलेटरमा उपचाररत विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्ववल थापाको स्वास्थ्यस्थितिमा सुधार आउन सकेको छैन । उनको पछिल्लो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले दिएको जानकारी अनुसार कोरोना रिपोर्ट नेगेटिभ आए पनि स्थास्थ्य अवस्था अत्यन्त जटिल बनेको हो । भाइरसले शरीरमा दीर्घकालीन क्षति गरिसकेको उनले बताएका छन् ।

पाण्डेले फेसबुकमा लेखेका छन्, ‘अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसम्भव प्रयासमा छन् । तपाईं हाम्रो प्रार्थना र सकारात्मक उर्जा कायम राखौं ।’

करिब दुई साताअघि कोरोना संक्रमित बनेका थापा मेडिसिटी अस्पतालमा उपचाररत छन् । उनलाई केही दिनदेखि भेन्टिलेटरमा राखी इक्मो विधिबाट उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर