छाया अर्थमन्त्रीले भने- बजेटमा जनमत प्रभावित पार्ने दुराशय – Nepal Press

छाया अर्थमन्त्रीले भने- बजेटमा जनमत प्रभावित पार्ने दुराशय

'संसद पुनःस्थापनापछि नयाँ सरकारको धारणा बन्छ'

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमार्फत सरकारले जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप लगाएको छ । सरकारले बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

आज पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा पार्टीका नेता डा. मिनेन्द्र रिजालले लिखित वक्तव्य पढेर सुनाएका थिए । वक्तव्यमा सरकारले लिएका राजश्वका लक्ष्यहरु सफल नहुने उल्लेख छ । सरकारलाई खबरदारी गर्न कांग्रेसले गठन गरेको ‘छाया सरकार’ को रिजाल अर्थमन्त्री हुन् ।

‘जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेट वक्तव्यमा देखिन्छ,’ रिजालले भने, कर्णप्रिय नाराको आवरण दिएर देशको ऋण मात्रै बढाउने काम भएको छ । बजेटका योजना कार्यान्वयन हुन सक्दैनन् ।’

सरकारले भनेजसस्तो आर्थिक वृद्धि हासिल नहुने उनले बताए । यो बजेटले जनतामा कुनै आशा जागृह गर्न नसक्ने पनि उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर