राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने – Nepal Press

राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

रूपन्देही । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले नेपाल प्रेसलाई बताए ।

निर्वाचनका लागि दाङको घोराहीमा तीन मतदानस्थल तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर