सिन्धुपाल्चोकका कुन स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित) – Nepal Press

सिन्धुपाल्चोकका कुन स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

सिन्धुपाल्चोक । सरकारले आगामी आर्थिक वर्ष २०७८/ ७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष २ खर्ब ८३ अर्ब १ करोड बजेट पाएका छन् ।

स्थानीय तहलाई वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।

७५३ वटा स्थानीय तहले आ आफनै पालिकामा खर्च गर्नका लागि बजेट हस्तारतरण गरिएको छ ।

यस वर्ष सिन्धुपाल्चोकको स्थानीय तहले ४ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ बजेट पाएको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन् । जसमा ३ नगरपालिका र ९ वटा गाउँपालिका छन् । ३ वटा नगरपालिकाले १ अर्ब ५६ करोड २७ लाख रुपैयाँ बजेट पाएको छ ।

३ वटा नगरपालिकामध्ये सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकाले पाएको छ । उक्त नगरपालिकाले ६३ करोड ४५ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम मेलम्ची नगरपालिकाले पाएको छ ।

९ वटा गाउँपालिकामा २ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सबैभन्दा बढी इन्द्रावति गाउँपालिकाले पाएको छ भने सबैभन्दा कम भोटेकोशी गाउँपालिकामा छुट्याइएको छ ।

नयाँ बजेटमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूले प्राप्त गरेको केन्द्रीय अनुदानयसप्रकार छन् हेर्नुस् सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *