संवैधानिक इजलासका दुई न्यायाधीशमाथि उठाइयो प्रश्न – Nepal Press

संवैधानिक इजलासका दुई न्यायाधीशमाथि उठाइयो प्रश्न

प्रधानन्यायाधीशले भने- फैसलाको आधारमा प्रश्न उठाउने अधिकार तपाईंलाई छैन

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको दोस्रो दिनको सुनुवाइको क्रममा संवैधानिक इजलासमा राखिएका न्यायाधीहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाइएको छ । अधिवक्ता गोविन्द बन्दीले उनीहरूलाई इजलासमा राख्न नमिल्ने जिकिर गरेका हुन् ।

शुक्रबार पनि नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दीलगायतका कानून व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेर दर्ता गरेको देखिन्छ । नाम मात्रै बदर गरी पाउँ बन्ने निवेदन थियो । फैसलामा नाम मिलेको त भनियो । माग दावी अनुसार फैसला हुन्थ्यो भने नाममात्रै परिवर्तन गर्नुपर्छ भन्ने हुन्थ्यो, संवैधानिक इजलास गठनमा प्रश्न उठाउँदै बन्दीले भने, ‘तर, बमकुमार श्रीमान रहेको इजलासले एकता समेत बदर गरियो । राजनीति अर्कै दिशामा गयो ।’

प्रधानन्यायाधीश राणाले न्यायाधीशमाथि फैसलाको आधारमा गलत या सही भन्न नपाउने बताए । ‘ तपाईं यसरी बहस गर्न पाउनु हुन्न । तपाईं गलत या सही भन्न पाउनु हुन्न ।’

अहिले महादेव यादव र बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर