वामदेवले भने- प्रचण्ड र माधव नेपाल गणतन्त्र स्थापनाका महानायक – Nepal Press

वामदेवले भने- प्रचण्ड र माधव नेपाल गणतन्त्र स्थापनाका महानायक

केपी ओली,सीपी मैनाली र राधाकृष्ण मैनालीप्रति कटाक्ष

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले प्रचण्ड र माधव नेपाललाई गणतन्त्र स्थापनाको युगान्तकारी संघर्षका महानायकको संज्ञा दिएका छन् ।

१४ औं गणतन्त्र दिवसका अवसरमा गौतमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीको नाम नलिई तत्कालीन एमालेले गणतन्त्रको निर्णय गर्दा झापा संघर्षका मुख्य तीन नेता विरुद्धमा रहेको दावी गरेका छन् ।

गौतमले गणतन्त्र स्थापनाका तीन महानायकमध्ये गिरिजाप्रसाद कोइराला अहिले नरहेको र प्रचण्ड तथा माधव नेपाल नेपाली राजनीतिमा सक्रिय रहेको भन्दै ओलीलाई गणतन्त्रविरोधी कित्तामा राख्न खोजेका छन् ।

गौतमले भनेका छन्, ‘बिडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो।त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

गौतमले झापा संघर्षका मुखय तीन नेता भनेर ओली,सीपी मैनाली र राधाकृष्ण मैनालीलाई लक्षित गरेका हुन् ।

एमाले एकता अभियान सन्चालन गरिरहेका गौतम पछिल्लो समय ओलीसँग रुष्ट छन् । उनले झलनाथ र माधव नेपालले अर्को पार्टी दर्ता गरेमा आफू त्यसमा सामेल हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर